कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नदीजन्य पदार्थको ढुवानीको माग राख्दै नगरपालिकाको कार्यालय घेराउ

शिव पुरी

रौतहट — नदीजन्य पदार्थको ढुवानी गर्न दिनुपर्ने माग राख्दै आइतबार यहाँका ट्याक्टर व्यवसायीहरुले चन्द्रपुर नगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।

नदीजन्य पदार्थको ढुवानीको माग राख्दै नगरपालिकाको कार्यालय घेराउ

उनीहरुले नगरपालिकाको मुख्य गेटमा ट्याक्टर राखेर मेयरको गाडी समेत भित्र पस्‍न दिएनन् । यस क्षेत्रमा रहेका ५०/६० वटा ट्याक्टर मजदुरहरुले बिहान १० बजेदेखि नै नगरपालिकाको कार्यालय घरेर बसेका हुन् ।

वर्षाको समयमा नदीजन्य बस्तुको ओसार पसारमा रोक लगाए पनि असोज १ गतेबाट खुला नभएपछि व्यवासयीहरु आन्दोलिन भएका हुन् । चन्द्रपुर नगरपालीकाले समयमा नै नदीजन्य बस्तुको ठेक्का नलगाएकाले खोलाबाट बालुवा, गिटि निकासी हुन पाएको छैन ।नगरपालिकाले असोज १ गतेबाट नदीबाट बालुवा,गिटि निकाल्न प्रवेश दिने भनिए पनि व्यवस्थापन गर्न नसकेपछि व्यवसायीहरु घेराउ गर्न पुगेका हुन् ।

ट्याक्टर व्यवसायी शंकर रिजालले असोज १ गतेबाट खोलामा प्रवेश गर्न दिइने नियम भए पनि नगरपालिकाले रोक लगाएको सुनाए । ‘समयमा ठेक्का लगाउनुस भन्दा वास्ता नगर्ने । अहिले आएर अझै ४/५ दिन पर्खनुस भनेर सम्झाउनु खोज्ने,’उनले भने,‘नगरपालिकाले नियम अनुसार समयमा काम गर्न नसके पछि समस्या आएको हो । हामी ट्याक्टर व्यवसायीहरु धेरै मारमा परेका छौं ।’ आइतबार बिहान चाँदी नदीमा बालुवा लिन गएको चारवटा ट्याक्टर इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो ।

लामो समय लकडाउनको मारमा परेको बेला निर्माण प्रायोजनका लागि नदीजन्य बस्तु ढुवानी गर्न नदीएको भन्दै ट्याक्टर मजदुरहरु मेयर रामचन्द्र चौधरी र प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सिग्देल प्रति आक्रोसित छन् ।

मेयर चौधरीले छलफलबाट समस्याको समाधान निकाल्ने बताए ।

प्रकाशित : आश्विन ४, २०७७ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?