२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

वीरगन्जमा गरिएको परीक्षणमा थप ५२ जनामा कोरोना

संक्रमितमध्ये ४५ जना बारा, ६ जना पर्सा र एक जना सर्लाहीका
भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४५ जना बारा, ६ जना पर्सा र एक जना सर्लाहीका बासिन्दा हुन् ।

वीरगन्जमा गरिएको परीक्षणमा थप ५२ जनामा कोरोना

अस्पतालका प्रवक्ता डा.अतुलेशकुमार चौरसियाका अनुसार १ सय ९२ जनाको स्वाब परीक्षण गर्दा ११ महिलासहित ४ महिने शिशुदेखि ६८ वर्षका ५२ जनामा कोरोना पुष्टि भएको हो । पर्साका ६ जना संक्रमित वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका हुन् ।

वीरगन्ज बाल सुधार गृहका ३ जनामा पनि कोरोना पोजिटिभ देखिएको छ । वीरगन्ज– ३ र वडा १९ मा एक/एक जना संक्रमित थपिएका छन् । यसैगरी कलैया उपमहानगरपालिकाको विभिन्न वडामा ३३ जना संक्रमित थपिएका छन् । बारागढी गाउँपालिकामा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रवक्ता डा.चौरसियाका अनुसार इलाका प्रहरी कार्यालय बारागढीमा ८ जनामा कोरोना पुष्टि भएको छ । अठाई प्रहरी चौकीमा एक जना र सिखिपथरामा दुई जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित : आश्विन ३, २०७७ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?