कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सिरहामा प्याज कालोबजारी गर्ने तीन जना पक्राउ

भरत जर्घामगर

सिरहा — प्याजमा कालोबजारी गरेको आरोपमा प्रहरीले दुई दिनमा तीन जनालाई पक्राउ गरेको छ । लहान, मिर्चैया, गोलबजारलगायत क्षेत्रका गोदामबाट ७ हजार ४ सय ४० किलो प्याजसमेत बरामद गरिएको छ ।

सिरहामा प्याज कालोबजारी गर्ने तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालयका डीएसपी शालिग्राम पौडेलका अनुसार प्याज कालोबजारी भइरहेको गुनासो बढेपछिस्थानीय प्रशासन, उद्योग वाणिज्य संघ, जनप्रतिनिधिसहित टोलीले अनुगमन गरेको थियो । त्यस क्रममा कालोबजारीमा संलग्न गोलबजार नगरपालिका–४ स्थित जयलक्ष्मी सब्जी भण्डारका सञ्चालक उमेशप्रसाद साह, जय मातादी सब्जी भण्डारका सञ्चालक विनोदकुमार साह र लहान नगरपालिका–३ स्थित गंगा ट्रेडर्सका सञ्चालक रामनारायण नायकलाई पक्राउ गरिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको डीएसपी पौडेलले बताए ।

प्रकाशित : आश्विन २, २०७७ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?