कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

युवक हत्या प्रकरण : पुर्पक्षका लागि ३ जना कारागार चलान

शिव पुरी

रौतहट — युवकलाई मादक पदार्थ सेवन गराइ बन्धक बनाएर घाँटी रेटी हत्या गरेको अभियोगमा पक्राउ परेका ७ जनामध्ये ३ जनालाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्‍न आदेश गरेको छ ।

युवक हत्या प्रकरण : पुर्पक्षका लागि ३ जना कारागार चलान

घट्नामा पीडितले मुख्य योजनाकार भनेर किटानी जाहेरी दिएका नर्सरी सञ्चालक भने साधरण तारेखमा छुटेका छन् । गरुडा नगरपालिका–८ जिंगडिया टोलका निरन्जन रामको साउन ३१ गते धारिलो हतियारले घाँटी रेटेर हत्या भएको थियो ।

गरुडा-८ जिंगडीयाका २० वर्षीय निरन्जन रामको घाँटी रेटेर हत्या गरेको आरोपमा पक्राउ परेका गाउँकै अर्जुन राम, अजयकुमार रन्जन र शेख आजादलाई जिल्ला अदालत गौरले मंगलबार पुर्पक्षका लागी कारागार पठाउने आदेश गरेको डीएसपी भरत श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार पक्राउ परेका ७ जना मध्ये निरन्जन कार्यरत नर्सरीका सञ्चालक राजाराम साहलाई प्रमाण नपुगेको भन्दै अदालतले साधारण तारेखमा छाडेको हो । त्यस्तै, घट्नामा पक्राउ परेको १९ वर्षीय विवेकराय यादवको उमेरका कारण पुनःस्थापना केन्द्र पठाउने आदेश भएको छ । निरन्जन हत्यामा पक्राउ परेका अर्का सिकिन्द्र पासवानको मनस्थिति ठिक नभएकाले तत्काल उपचारका लागि पठाउने र ठिक भएपछि अदालत पेश गर्ने आदेश भएको डीएसपी श्रेष्ठले बताए ।

पासवानले अदालत समक्ष बयान दिन नसक्ने अवस्था आएकाले उपचार गराउने आदेश भएको हो । यो घट्नामा प्रक्राउ परेर हिरासतमा रहेका विजय महराको घट्ना स्वीकार गराउन लाग्दा प्रहरीको हिरसातमा मृत्यु भएको छ ।

घट्नामा पीडितले किटानी जाहेरी दिएका सच नर्सरी सञ्चालक राजारामलाई साधारण तारेखमा छाडेको भन्दै दलित अगुवाहरुले विरोध जनाएका छन् । प्रहरीले अनुसन्धानकै क्रममा साहलाई उन्मुक्ति दिने गरि मिसिल तयार पारेको दलित अगुवा धर्मेन्द्र पासवानले बताए । ‘पीडितको किटानी जाहेरी समेत परेको अवस्थामा नर्सरी सञ्चालक साहलाई उन्मुक्ति दिने काम भयो,’ उनले भने,‘यसले पीडितलाई झनै अन्यायमा पारेको छ ।’

निरन्जनको हत्या पछि पक्राउ परेका ७ जनालाई प्रहरी प्रतिवेदनको आधारमा मुद्दा चलाइएको थियो । पछि पिडित परिवारले ४ जनामात्र संलग्‍न रहेको भन्दै किटान जाहेरी दिएका थिए । उक्त जाहेरीमा नाम परेका मध्ये २ जना अझै फरार छन् ।

यो पनि पढ्नुहोस् :

रौतहटमा युवक हत्यामा संलग्न ७ जना सार्वजनिक

प्रकाशित : भाद्र ३१, २०७७ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?