कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दुर्घटनामा सेनाका जमदारको मृत्यु

भरत जर्घामगर

सिरहा — पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई–१ स्थित मेदनी पुलमा बुधबार मोटरसाइकल दुर्घटना हुँदा सेनाका एक जमदारको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२२प २९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा श्रीबक्स गुल्म अठुंगे ब्यारेक म्याग्दीमा कार्यरत इटहरी उपमहानगरपालिका–४ का पेशल पाण्डेको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : भाद्र ३१, २०७७ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?