१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सप्तरीमा एकैदिन ५० संक्रमित

अवधेशकुमार झा

राजविराज — सप्तरी प्रशासनले निषेधाज्ञा हटाएकै दिन मंगलबार जिल्लामा सबभन्दा बढी संक्रमित देखिएका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको ल्यावमा गरिएको परीक्षण रिपोर्टअनुसार मंगलबार राजविराज नगरपालिकामा ४४ सहित जिल्लाभरी ५० जना संक्रमित थपिएका हुन् । 

सप्तरीमा एकैदिन ५० संक्रमित

जिल्ला स्वास्थ्य कार्याल्य सप्तरीका अनुसार राजविराज नगरपालिकाका बिभिन्न वडा र सरकारी कार्यालयका गरी ११ महिला र ३३ पुरुषमा मंगलबार कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत २ जना, शम्भुनाथ नगरपालिकामा २ तथा छिन्नमस्ता गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका १–१ जना रहेका छन् ।

सप्तरीमा हालसम्म १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ जनाको मृत्यु भएको भने ७ सय ३६ जना निको भएर घर फर्किएका छन् । हाल जिल्लामा ३ सय ४६ जना संक्रमित होम तथा सरकारी आइसोलेसनमा रहेका छन् ।


प्रकाशित : भाद्र ३०, २०७७ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?