कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सिरहामा असोज १० गतेसम्म निषेधाज्ञा 

भरत जर्घामगर

सिरहा — जिल्ला प्रशासन कार्यालयले सिरहामा असोज १० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । जिल्लामा कोभिड १९ संक्रमणको जोखिम कायमै रहेको भन्दै असोज १० गतेसम्मका लागि निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा भदौ २७ गते राति १२ बजेबाट लागू हुने छ ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा पालनाका लागि जिल्लाका १७ वटै स्थानीय तह, राजनीतिक क्षेत्र, उद्योग वाणिज्य संघ/संस्था तथा सामाजिक संघ/संस्थालाई अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस अघिको भन्दा निषेधाज्ञा केही खुकुलो पारिएको छ ।

हाटबजार, विद्यालय, सभा, जुलुस, जिमखाना, सभागोष्ठी जस्ता मानिस भिडभाड हुने खालका कार्यमा बन्देज लागाएको भए पनि निजी तथा भाडाका जिप, कार, भ्यानजस्ता सवारी साधनमा अनिवार्य रुपमा मास्क लगाई दूरी कायम गरी यात्रा गर्न पाइनेछ ।

यसअघि चारपांग्रे, अतिआवश्यक खाद्यान्न, औषधि, इन्धन, दूध लगायतका सवारी साधन चलेको भए पनि निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । यस पटक भने सार्वजनिक सवारी साधनले पनि सुरक्षा सतर्कता अपनाएर जिल्लाभरी चलाउन पाउने भएका छन् ।

प्रकाशित : भाद्र २७, २०७७ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?