पर्सा र बाराका २६ जनामा कोरोना पुष्टि

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार ५ सय १० जनाको स्वाब परीक्षण गर्दा ५ महिला सहित १६ वर्ष देखि ६४ वर्ष उमेरका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्सा र बाराका २६ जनामा कोरोना पुष्टि

संक्रमितमध्ये २४ जना पर्सा र २ जना बाराका हुन् । वीरगन्जको आदर्शनगरमा रहेको नबिल बैंकका थप ५ जनामा कोरोना पुष्टि भएको छ । वीरगन्ज महानगरपालिकाको विभिन्न वडामा २२ जना संक्रमित थपिएका छन् । वीरगन्ज– १२ मुर्लीमा ३ जना, वडा नम्बर ९, १५ र २५ मा २/२ जनामा कोरोना पोजिटिभ देखिएको छ । कृषि औजार कारखानामा रहेको सशस्त्र प्रहरीका २ जना स्टाफमासमेत संक्रमण देखिएको छ । पर्साको कालिकामाई र जगरनाथपुर गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् । बाराको महागढीमाई नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : भाद्र २१, २०७७ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?