बलात्कार आरोपित हिरासतबाट फरार

रौतहट — जबरजस्ती करणी अभियोगमा गौरस्थित प्रहरी हिरासतमा रहेका एक थुनुवा सोमबार राति साढे ७ बजेतिर फरार भएका छन् । प्रहरीले अनुसन्धानका लागि म्याद थप गरेकै दिन गौर नगरपालिका ४ का २२ वर्षीय रोहितकुमार यादव फरार भएका हुन् ।

गाउँकै एक १७ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा यादवलाई आइतबार पक्राउ गरेको थियो । उनलाई सोमबार म्याद थपेर कोरोनाको पीसीआर परीक्षणका लागि प्रहरीले टेलिकम नजिकको एक घरमा क्वारेन्टाइनका रुपमा राखेको प्रहरीले जनाएको छ ।

पीसीआर रिपोर्ट नआएसम्म प्रहरीले पक्राउ परेकालाई क्वारेन्टाइनको रुपमा कडा सुरक्षामा बाहिर राख्ने गरेको छ । यादव पनि सुरक्षा घेराबीचबाट फरार भएका हुन् । शौचालयको झ्यालबाट उनी फारर भएको प्रहरी स्रोतले बतायो ।

प्रकाशित : भाद्र १५, २०७७ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?