कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

हिरासतमा रहेका युवाको मृत्यु प्रकरण : स्थानीयद्वारा प्रहरी कार्यालय घेराउ

शिव पुरी

रौतहट — इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका युवकको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएपछि पीडितका आफन्त र स्थानीयले प्रहरी कार्यालय घेराउ गरेका छन् ।

हिरासतमा रहेका युवाको मृत्यु प्रकरण : स्थानीयद्वारा प्रहरी कार्यालय घेराउ

ठूलो संख्यामा मानिसहरु जम्मा भइ प्रहरी कार्यालय अगाडी नाराजुलुस गर्दै धर्ना दिएका छन् । पीडित परिवारले हिरासतमा कुटपिट गरी घाइते बनाएको आरोप लगाएका छन् । गरुडाको अवस्था अहिले तनावपूर्ण छ ।

गएको साउन ३१ गते राति गरुडा नगरपालिका ८ जिगडियाका १७ वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्या भएको थियो । हत्याको आरोपमा पक्राउ परेका गाउँकै १९ वर्षीय विजय महराको उपचारको क्रममा वीरगन्जमा मृत्यु भएपछि स्थिती तनावपूर्ण बनेको हो ।

विजयका बुवा पनिलाल महराले प्रहरीको कुटाईबाटै छोराको मृत्यु भएको दाबी गरेका छन् । ‘छोरालाई हिरासतमा कुटपिट गरेको छ । यो प्रहरीको ज्यादती हो,’ उनले भने, ‘कुटपिटको सत्यतथ्य छानबिन हुनु पर्छ । दोषी प्रहरीलाई कारबाही हुनु पर्छ ।’

हत्याको घट्नापछि पीडित र स्थानीयले प्रहरीको अनुसन्धानमाथि शंका गर्दै आएका छन् । निर्दोषलाई पक्रेर दोषीलाई उन्मुक्ती दिने काम प्रहरीबाट भएको भन्दै पीडितका आफन्त र स्थानीयले दुई दिन अघि गरुडामा प्रहरी विरुद्ध जुलुस निकालेका थिए ।

विजयको मृत्यु पछि गरुडास्थित प्रहरी कार्यालयमा ठूलो संख्यामा पीडितका आफन्त, महिला, स्थानीयहरु पुगेका छन् । स्थिति नियन्त्रणबाहिर जान नदिन इलाका प्रहरी र जिल्लाभरीबाट ठूलो संख्यामा प्रहरीलाई गरुडा तैनाथ पारिएको छ । बिरामी भनिएको छोरालाई गरुडास्थित अनमिनाका अस्पताल भेट्न जाँदा प्रहरीले नदिएको भन्दै पीडित परिवार आक्रोसित छ ।

प्रहरी कार्यालय हुँदा एक पटक पनि छोरालाई भेट्न नदिएको बुवा पनिलालको गुनासो छ । गरुडाका डीएसपी ज्ञानकुमार महतोले विजयलाई हिरासतमा कुटपिट नगरेको बताए । ‘विजयको पिसाब र दिसामा पहिलादेखि नै समस्या रहेछ,’उनले भने,‘किड्नी समस्याकै कारण उनको मृत्यु भएको हो । कुटपिटबाट होइन ।’

यो पनि पढ्नुहोस्ः

हत्या आरोपमा प्रहरी हिरासतमा रहेका युवकको मृत्यु

प्रकाशित : भाद्र ११, २०७७ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?