निषेधाज्ञा कडाइ गर्न वीरगन्जमा सेना परिचालन

भूषण यादव

वीरगन्ज — जारी निषेधाज्ञाको २२ औं दिनमा स्थानीय प्रशासनले वीरगन्जमा सेना परिचालन गरेको छ । निषेधाज्ञालाई थप कडाइका साथ लागू गर्न साउन ३२ देखि भदौ १३ गते बिहान ५ बजेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगार्थ नेपाली सेना परिचालित हुने गरी निषेधाज्ञा आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जनाएका छन् । 

निषेधाज्ञा कडाइ गर्न वीरगन्जमा सेना परिचालन

कोभिड–१९ रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला सुरक्षा समितिले साउन १० गते बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मको लागि वीरगन्ज महानगरपालिका क्षेत्रभरी र साउन १८ गते बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पर्सा जिल्लाभरि निषेधाज्ञा लागू गरेको थियो ।

प्रकाशित : श्रावण ३२, २०७७ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?