कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सर्लाहीमा निषेधाज्ञा एक साता लम्ब्याइयो

ओमप्रकाश ठाकुर

सर्लाही — जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञाको समय सात दिन थपेको छ । समुदायमा पुगिसकेको कोरोना संक्रमण थप फैलिन नदिन निषेधाज्ञा थपिएको स्थानीय प्रशासनले जनाएको छ । 

सर्लाहीमा निषेधाज्ञा एक साता लम्ब्याइयो

समुदायमा कोरोना संक्रमणको आशंकासहित २६ गतेदेखि सात दिनका लागि निषेधाज्ञा जारी गरिएको थियो । उक्त निर्णयअनुसारको निषेधाज्ञा आइतबार रातिबाट सकिँदै गर्दा कोरोना संक्रमितको संख्या बढिरहेकोले निषेधाज्ञा लम्ब्याएको स्थानीय प्रशासनले जनाएको छ ।

पछिल्लो एक सातामै १ सय ५० जना नयाँ संक्रमित फेला परेका छन् । आइतबार दिउँसो कोरोना रोकथाम नियन्त्रण समितिको बैठकले निषेधाज्ञाको समय बढाउने निर्णय हो ।

भदौ १ गतेबाट लागू हुने निषेधाज्ञामा सोमबार, बुधबार र शुक्रबार साँझ ४ देखि ७ बजेसम्म स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै अत्यावश्यक खाद्यान्न सामग्रीका पसल सञ्चालन अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

सर्लाहीमा हालसम्म ९ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ७ सय ६६ जना निको भएर घर फर्किसकेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण ३२, २०७७ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?