कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

नारायणी अस्पतालका चिकित्सकसहित थप ४९ जनामा कोरोना पुष्टि

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा चिकित्सकसहित थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका चिकित्सकसहित थप ४९ जनामा कोरोना पुष्टि

४९ जना संक्रमितमध्ये २६ जना पर्साका, १९ जना बाराको जितपुर सिमरा उपमहानगरपालिका, दुई जना महोत्तरीको जलेश्वर नगरपालिका, एक जना बाराको विश्रामपुरका र एक जना वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा कार्यरत कर्मचारी रहेका छन् ।

पर्साका २६ जना संक्रमितमध्ये १२ जना नारायणी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी रहेका छन् । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार १२ महिलासहित दुई वर्षदेखि ६९ वर्ष उमेर समूहका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालको एनआईसीयू विभागका एक चिकित्सक, पोषण, फार्मेसी र फिजियोथेरापी विभागका एक/एकजना स्टाफमा कोरोना देखिएको हो । अस्पतालका ३ जना स्विपर, ३ जना सुरक्षा गार्ड र एक जना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

४ जना संक्रमितमा खोकी र ज्वरोको लक्षण देखिएको छ । पैसा तिरेर स्वयम् परीक्षण गर्न आएका ६ जनामा कोरोना पुष्टि भएको छ । ग्लोबल आईएमई बैंकका एक जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ ।

जितपुर सिमरा उपमहानगरपालिकाका १९ जना संक्रमितमध्ये ६ जना वडा नम्बर २५ का बासिन्दा हुन् । तीन जना संक्रमित वडा नम्बर ३ का हुन् । अन्य संक्रमित वडा नम्बर १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४ का बासिन्दा हुन् । जितपुरस्थित आर्मी ब्यारेकका एक जवानमा पनि कोरोना पुष्टि भएको छ

प्रकाशित : श्रावण ३०, २०७७ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?