कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

बारामा रहेको जगदम्बा स्टिल्स उद्योग सिल

लक्ष्मी साह

बारा — स्थानीय प्रशासनले जीतपुरसिमरा उपमहानगरपालिका–२ मा रहेको जगदम्बा स्टील्स उद्योग प्रालि बिहीबार चार दिनका लागि सिल गरेको छ ।

बारामा रहेको जगदम्बा स्टिल्स उद्योग सिल

साउन २५ मा उद्योगका १ सय २३ श्रमिक, कामदार र कर्मचारीको स्बाब परीक्षण गर्दा ११ जनामा कोरोना पोजिटिभ देखिएको र उद्योग प्रशासनले पोजिटिभ भएकामध्ये ६ जनालाई भगाएको भन्ने जनस्तरबाट गुनासो आएकोले संक्रमण फैलिन नदिन उद्योग सिल गरिएको ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख लक्ष्मण ढकालले बताए ।

‘उद्योगमा भारतीय र नेपाली कामदारहरु बाहिरभित्र आउजाउ गरेको धेरै देखियो, त्यसैले कामदारहरु संक्रमित भए,’ प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने, ‘भारतीय चालकहरुसमेत प्रवेश गरे । उद्योग प्रशासनले हेलचेक्रयाइँ गरे ।’ सरकारले भारतीय कामदारबाट उद्योग सञ्चालन नगराउन निर्देशन दिइसकेको छ । यसअघि जीतपुरसिमराको मारुती फर्मास्युटकल र औद्योगिक करिडोरको गण्डक छेउमा पर्ने जगदम्बा ईन्टरप्राइजेज सिल गरिएको थियो ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले औद्योगिक करिडोरमा सञ्चालित सयौं उद्योगहरुलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर आवासीय रुपमा उद्योग सञ्चालन गर्न सबै उद्योग प्रशासनलाई निर्देशन दिएको छ । आवासीय रुपमा सञ्चालित उद्योगभित्र खाद्यान्न ढुवानी गर्न दिइने भनिएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाए/नअपनाएको कडा रुपमा अनुगमन गर्न प्रहरी, स्थानीय तह र सरोकारवालालाई समेत निर्देशन दिइएको छ ।

प्रकाशित : श्रावण २९, २०७७ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?