कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पर्सामा थप ३७ जनामा कोरोना 

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षण थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जना संक्रमित बारा परसौनीका हुन् । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार १२ जना महिलासहित थप ३७ जनामा कोरोना पुष्टि भएको छ । ३७ जना संक्रमितमध्ये २६ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना संक्रमण पोजिटिभ देखिएका हुन् । 

पर्सामा थप ३७ जनामा कोरोना 

पर्साको छिपहरमाई गाउँपालिका–५ का दुई जनामा पनि कोरोना देखिएको छ । १२ जना संक्रमित वीरगन्ज महानगरपालिका–९ का स्थानीय हुन् । वीरगन्ज कारागारका पनि दुई जनामा कोरोना पुष्टि भएको छ । अन्य संक्रमित हुनेमा वीरगन्ज १० घडिअर्वाका तीन जना रहेका छन् । श्रीपुर नयाँ बस्ती र आदर्शनगरमा थप संक्रमित देखिएका छन् ।


प्रकाशित : श्रावण २९, २०७७ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?