१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वीरगन्जमा मृत भेटिएका युवकमा कोरोना पोजिटिभ

भूषण यादव

वीरगन्ज — वीरगन्जमा मंगलबार मृत अवस्थामा फेला परेका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । 

वीरगन्ज महानगरपालिका–१६ नगवाको सामुदायिक प्रहरी चौकी नजिकै मंगलबार दिउँसो बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही निवासी ३८ वर्षीय एक युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

वीरगन्जमा मृत भेटिएका युवकमा कोरोना पोजिटिभ

स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण ती युवकमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजीत कुँवरका अनुसार मृत फेला परेका युवकले अत्यधिक मदिरा सेवन गरेका थिए । कोरोना पोजिटिभको शव व्यवस्थापनमा सावधानी अप्नाउनु पर्ने भन्दै शंका लागेर ती युवकको मंगलबार नै स्वाब संकलन गरिएको थियो ।

प्रकाशित : श्रावण २८, २०७७ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?