वीरगन्जमा मृत्यु भएका बालकमा कोरोना देखिएन

भूषण यादव

वीरगन्ज — वीरगन्जको नेसनल मेडिकल कलेजमा मंगलबार बिहान मृत्यु भएका ९ वर्षीय बालक सुशीलकुमार साहमा कोराना संक्रमण नभएको पुष्टि भएको छ । 

वीरगन्जमा मृत्यु भएका बालकमा कोरोना देखिएन

नारायणी अस्पतालले मंगलबार बेलुका उपलब्ध गराएको पीसीआर रिपोर्ट निगेटिभ रहेको परिवारले जनाएको छ । उपचारका लागि वीरगन्जका आएका सुशीललाई कोरोनाको आशंकामा यहाँका अस्पतालले भर्ना लिएका थिएनन् । प्रहरीले भनेपछि नेसनल मेडिकल कलेजले भर्ना लिए पनि सुशीललाई छुट्टै कोठामा राखिको थियो । जबकि उनलाई सघन उपचारको आवश्यकता थियो ।

बाराको बारागढी गाउँपालिका–२ सुखीपत्रा निवासी सुशील साहको मंगलबार बिहान १० बजेतिर नेसनल मेडिकल तथा शिक्षण अस्पतालमा मृत्यु भएको थियो । झाडा पखाला र वान्ता निको नभएपछि आइतबार राति करिब ४ बजे परिवारले उनलाई थप उपचारका लागि वीरगन्ज लिएर आएका थिए । ५ वटा अस्पताल चाहर्दा चाहर्दै पनि कसैले भर्ना लिएनन् । प्रहरीको भनसुनले दोस्रो पल्टमा नेसनल मेडिकल कलेजले सोमबार बिहान ९ बजे भर्ना लिए पनि दिनभरि उपचार नगरेको परिवारको आरोप छ । आईसीयूमा उपचार नगरी छुट्टै कोठामा ‘आइसोलेट’ गरी राखेको झन्डै २४ घन्टापछि सुशीलको मृत्यु भएको परिवारले जनाएका छन् ।

प्रकाशित : श्रावण २७, २०७७ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?