कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरीविरुद्ध सिम्रौनगढ बजारमा नेकपाको प्रदर्शन 

लक्ष्मी साह

बारा — जिल्लाको निषेधित क्षेत्र सिम्रौनगढ बजारमा नेकपाले ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुखविरुद्ध मंगलबार प्रदर्शन गरेको छ ।

प्रहरीविरुद्ध सिम्रौनगढ बजारमा नेकपाको प्रदर्शन 

व्यापारीसित साँठगाँठ भारतबाट सामान ल्याउनेलाई सघाएको, विभिन्‍न अपराधिक घटनाका अभियुक्तहरुलाई पक्राउ नगरेको, निर्दोष नागरिकलाई पक्राउ गरि कुटपिटसँगै अमानवीय व्यवहार गरेको भन्दै प्रदर्शन गरिएको नेकपाका सिम्रौनगढका नगर संयोजक गगनदेव कुसवाहाले बताए ।

सिम्रौनगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुरेन्द्र तामाङविरुद्ध नेकपाका कार्यकर्ताहरुले प्ले कार्ड बोकेर बजारमा प्रहरीविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

भारतीय सीमा नाकासँग जोडिएको सिम्रौनगढ क्षेत्र प्रहरीको बाह्य आयस्रोतमा आकर्षक ठाउँ मानिन्छ । कोरोना भाइरसको संक्रमण रोक्न स्थानीय प्रशासनले प्रदर्शन गरिएको उक्त क्षेत्रमा एक सातादेखि निषेधाज्ञा जारी गरेको छ ।

‘प्रहरी कमाउ धन्दामा केन्द्रीत भएको र मुद्दाका अभियुक्तहरुलाई पक्राउ नगरेपछि बाध्य भएर प्रदर्शन गरिएको हो,’ नेकपाका नेता गोपाल ठाकुरले भने, ‘गृह मन्त्रीदेखि मन्त्रालयका अधिकारीहरु र जिल्लाका प्रहरी प्रमुखलाईसमेत यो विषयमा गुनासो गर्दा सुनुवाई भएन, प्रहरी निरीक्षकले पनि अटेरी गर्नुभयो ।’

यसैबीच प्रहरी निरीक्षक तामाङलाई सोमबार नै जिल्ला प्रहरी कार्यालयमा तानिएको छ । नेकपाले प्रदर्शन गर्ने भएपछि सोमबार रातिदेखि प्रहरीले सीमामा कडाइ गरेको थियो । ‘प्रदर्शनको तयारी हुन थालेपछि प्रहरीले कडाइ गर्यो,’ एक व्यापारीले भने ।

प्रहरी निरक्षक तामाङले झुठो आरोप लगाएर आफूविरुद्ध प्रदर्शन गरेको दाबी गरे ।

प्रकाशित : श्रावण २७, २०७७ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?