कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

रौतहटमा ३ स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना

शिव पुरी

रौतहट — रौतहटको गरुडा नगरपालिकामा मंगलबार ३ जना स्वास्थ्यकर्मीसहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा तीन दिनमा ५४ जना संक्रमित थपिएका छन् । साउनको दोस्रो सातासम्म संक्रमितहरु निको भएर धमाधम घर फर्केका थिए । अहिले फेरि संक्रमण बढ्न थालेकाे छ ।

रौतहटमा ३ स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना

गरुडा नगरपालिकाका ३ जना स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य संयोजक आनन्द जयसवालले बताए । गरुडाका मधेसवादी दलका नेता राजकुमार दाससहितमा संक्रमण देखीएको हो । उनले समाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको पोस्ट गरेका छन् ।

साउन २२ गते गरुडाका ७९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा पठाइएकोमा एक महिलासहित ११ जनाको रिपोर्ट पाजिटिभ आएको हो । आइतबार १५ जनामा संक्रमण देखिएको थियो भने सोमबार राजदेवीमा १९ र कटहरीयामा ९ जनामा संक्रमण देखिएको थियो ।

हालसम्म रौतहटमा १ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेकोमा १ हजार ३ सय २८ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित : श्रावण २७, २०७७ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?