जनकपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

अजित तिवारी

जनकपुर — धनुषामा एक जना ६० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको छ । जनकपुर प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत विदेह नगरपालिकाका ती पुरुषमा निमोनिया र मिर्गौलामा समेत गम्भीर समस्या थियो ।

जनकपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

दमको समस्या बढेपछि २० दिनअघि उपचारका लागि जनकपुर ल्याइएका उनको खकारको परीक्षण गर्दा क्षयरोग देखिएको प्रादेशिक अस्पताल कोभिड–१९ उपचार केन्द्र संयोजक डा. जामुनप्रसाद सिंहले बताए । डा. सिंहले जारी गरेको स्वास्थ्य बुलेटिनमा ती पुरुषको कोरोना र निमोनियाका कारण मृत्यु भएको उल्लेख छ ।

क्षयरोगको उपचार भइरहेको उनको स्वाब ८ दिनअघि परीक्षण गर्दा पोजिटिभ पुष्टि भएको थियो । ‘निमोनिया र मिर्गौलामा पनि गम्भीर समस्या थियो,’ डा. सिंहले भने,‘दुई दिनदेखि स्वास्थ्य अवस्था झ्न बिग्रियो । हामीले मेहनत गर्दागर्दै उनको मृत्यु भयो ।’

प्रकाशित : श्रावण २७, २०७७ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?