कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सिरहाबाट ब्राउन सुगरसहित ६ पक्राउ

भरत जर्घामगर

सिरहा — लागूऔषध ब्राउन सुगरसहित प्रहरीले सिरहाको गोलबजार डेहोटियाबाट आइतबार ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सुराकीको आधारमा गोलबजार नगरपालिका–६ का पाण्डव गुप्ताको घरबाट १ ग्राम दुई सय मिलिग्राम ब्राउन सुगर बरामद गरिएको हो । 

सिरहाबाट ब्राउन सुगरसहित ६ पक्राउ

ब्राउन सुगरसहित पक्राउ पर्नेमा गोलबजार नगरपालिका–६ डेहोटियाका पाण्डव गुप्ता, सुरज परियार, रोशन लामा, शिरिल महरा, गोलबजार नगरपालिका–४ का सैफली मियाँ र गोलबजार नगरपालिका–५ का विवेक श्रेष्ठलाई छन् । उनीहरुले ब्राउन सुगर बिक्रीका लागि राखिएको प्रहरीले पत्ता लगाएको छ ।


प्रकाशित : श्रावण २५, २०७७ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?