कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

महोत्तरीमा ९ सशस्त्र प्रहरीसहित १४ जनामा कोरोना पुष्टि

सुनिता बराल

महोत्तरी — महोत्तरीमा शनिबार ९ सशस्त्र प्रहरीसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दिवास नगरपालिकाभित्रका ११ जना, औरही नगरपालिकाका २ र लोहरपट्टिको १ गरि जिल्लामा १२ पुरुष र २ महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन गिरेन्द्र झाले बताएका छन् ।

महोत्तरीमा ९ सशस्त्र प्रहरीसहित १४ जनामा कोरोना पुष्टि

बर्दिवास नगरपालिका-५ स्थित सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीमा कार्यरत १ जना र सम्सीस्थित बीओपीमा कार्यरत ८ जना सशस्त्र प्रहरी र बर्दिवास-८ का २ व्यक्ति गरि बर्दिवासमा मात्रै ११ जनामा संक्रमण पुष्टि भएको बर्दिवास नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र कुमार चौधरीले बताए ।

प्रदेश–२ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रीको क्लोज कन्ट्याकमा रहेकाहरुको स्वाब संकलन गरि परीक्षण गरिएको हो ।

मन्त्री यादव सशस्त्र प्रहरी बल नेपाल प्रदेश–२ छिन्नमस्ता बाहिनी कार्यालयले साउन २० गते आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल प्रदेश–२ छिन्नमस्ता बाहिनीका डिआईजी कृष्णभक्त ब्रम्हचार्यसहित प्रदेश नम्बर २ का ८ जिल्लाका सशस्त्र प्रहरीका एसपी सहभागी थिए ।

संक्रमित व्यक्तिलाई बर्दिवास ३ स्थित आइसोलेसनमा राखिएको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख चौधरीले जानकारी दिए । महोत्तरीमा कोरोना संक्रमितको संख्या ९ सय ४५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित : श्रावण २४, २०७७ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?