वीरगन्जको कोरोना अस्पतालमा एकको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

भूषण यादव

वीरगन्ज — नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा वीरगन्जका एक ५७ वर्षीय व्यवसायीको मृत्यु भएको छ । बुधबार साँझ ती व्यवसायीको स्वाब संकलन गरिएपनि हालसम्म रिपोर्ट आइसकेको छैन् । 

वीरगन्जको कोरोना अस्पतालमा एकको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

कोरोना अस्पतालका संयोजक डा. उदय नारायण सिंहका अनुसार पुराना मुटुरोगी ती व्यवसायी पछिल्लो समय निमोनिया र श्वासप्रश्वासको समस्या लिएर मंगलबार अस्पताल आएका थिए ।

‘उपचारकै क्रममा बुधबार राति करिब १० बजेको समयमा स्वास्थ्य बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो,’ डा.सिंहले भने, ‘बिहीबार बिहान साढे ८ बजेको समयमा उनको मृत्यु भयो ।’ वीरगन्ज घन्टाघर निवासी ५७ वर्षीय व्यवसायीलाई स्वास प्रश्वासमा समस्या आएपछि मंगलबार दिउँसो परिवारले कोरोना अस्पताल पुर्‍याएका थिए ।


प्रकाशित : श्रावण २२, २०७७ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?