होम क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

अवधेशकुमार झा

राजविराज — सप्तरीको रुपनी गाउँपालिका–५ गढियामा बुधबार होम क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि भएको छ । उनी डेढ महिनाअघि मलेसियाबाट घर फर्किएका थिए ।

होम क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

कोरोना संक्रमणको आशंकामा जिल्ला स्वास्थ्य कार्यालयले उनको शवको अन्तिम संस्कार गर्न रोक लगाएर बुधबार स्वाब संकलन गरेको थियो । राजविराजस्थित गजेन्द्र नारयणसिंह अस्पतालमा गरिएको स्वाब परीक्षणमा ती व्यक्तिमा कोभिड-१९ पुष्टि भएको अस्पततालका प्रमुख डा. रञ्जित झाले बताए । योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । साउन १ गते भारतबाट फर्किएका कोरोना संक्रमित एक वृद्धको उपचारको क्रममा मृत्यु भएको थियो ।

होम क्वारेन्टाइनमा बसे पनि ४५ वर्षीय ती व्यक्तिले पीसीआर परीक्षण गराएका थिएनन् । केही दिनदेखि ज्वरो देखिएका उनलाई मंगलबार अझ च्यापेको र दम बढेपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएकोमा त्यहाँ उपचार हुन नसकी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएको थियो । तर, अस्पताल परिसरमा पुग्नेबित्तिकै उनको मृत्यु भएको अध्यक्ष यादवले जानकारी दिए ।

यस्तै छिन्नमस्ता अस्पतालमा मंगलबार राति मृत्यु भएका दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालका मेसु झाले बताए । ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि १५ गते अस्पताल भर्ना भएका डाकनेश्वरी नगरपालिका–९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका–७१ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस्ः

मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेकाको मृत्यु

प्रकाशित : श्रावण २१, २०७७ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?