कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश प्रहरी तालिम केन्द्रका ६ जनालाई कोरोना संक्रमण

अवधेशकुमार झा

राजविराज — राजविराजस्थित प्रदेश प्रहरी तालिम केन्द्रका ६ जना प्रहरीमा सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएको छ ।्

प्रदेश प्रहरी तालिम केन्द्रका ६ जनालाई कोरोना संक्रमण

सोमबार साँझ पुष्टि भएका ७ जनामध्ये ६ जना प्रहरी तालिम केन्द्रका प्रहरी र एकजना बिमा कम्पनीमा काम गर्ने कर्मचारी रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । प्रहरीहरुले आफ्नो ठेगाना राजविराज–८ लेखाइदिएका कारण कोरोना पुष्टि भएको ४ घण्टासम्म उनीहरुको पहिचान हुन सकेको थिएन ।

स्वास्थ्य कार्यालय प्रमुख दुनियाँलाल यादवका अनुसार तालिम केन्द्रभित्रका अन्य ५ जना प्रहरीलाई ज्वरो आएको सूचना प्राप्त भएको बताए । उनले तालिम केन्द्रमा रहेका अन्य प्रहरीको पनि स्वाब संकलनको तयारी भएको जानकारी दिए ।

तालिम केन्द्रका प्रमुख एसएसपी हरिराज वाग्लेका अनुसार तालिम केन्द्रमा हालसम्म ७ जना प्रहरी संक्रमित भएका छन् ।

प्रकाशित : श्रावण १९, २०७७ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?