कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरोना संक्रमितको गरियो डायलसिस

भूषण यादव

वीरगन्ज — कोरोना संक्रमित एक बिरामीको डायलसिस गरिएको छ । २४ वर्षीय ती संक्रमित युवतीको सोमबार वीरगन्जमा डायलसिस गरिएको हो ।

कोरोना संक्रमितको गरियो डायलसिस

नारायणी अस्पतालमा डायलसिस गराउँदै आएका बिरामी मध्ये ३ जनामा गत साउन १५ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

डायलसिस विभागका कर्मचारीमा पनि संक्रमण देखिएको थियो । नारायणी अस्पताल मृगौला विभागका डा.निरज कुमार सिंहका अनुसार मृगौलाका बिरामीमा संक्रमण पुष्टि भएपछि अन्य बिरामीसँगै डायलसिस कसरी गर्ने भनेर अन्योलता थियो । ‘नारायणी अस्थायी कोरोना अस्पतालमा बनाइएको वीरगन्ज हेल्थ केयर हस्पिटलमा कोरोना संक्रमित मृगौलाका बिरामीको डायलसिस गरिएको छ,’ डा.सिंहले भने, ‘समयमै डायलसिस नहुँदा बिरामीको स्वास्थ्य बिग्रिने खतरा थियो ।’

प्रकाशित : श्रावण १९, २०७७ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?