सप्तरीमा दुई स्वास्थ्यकर्मीसहित थप २७ जनामा कोरोना संक्रमण

अवधेशकुमार झा

राजविराज — सप्तरीमा आइतबार दुई स्वास्थ्यकर्मीसहित २७ जना नयाँ संक्रमित थपिएका छन् ।

सप्तरीमा दुई स्वास्थ्यकर्मीसहित थप २७ जनामा कोरोना संक्रमण

गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा कार्यरत दुई जना स्वास्थ्यकर्मीको परीक्षण रिपोर्ट पोजिटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रन्जितकुमार झाले जानकारी दिए । मेडिकल सुपरिटेन्डेन्ट डा. झाका अनुसार आइतबार नै तिलाठी कोइलाडी गाउँपालिका २ लौनियामा २५ जना नयाँ संक्रमित थपिएका हुन् ।

यसअघि शनिबार राजविराजमा मात्र १८ जना संक्रमित थपिएका थिए । त्यसपछि राजविराजको हटिया सिल गरिएको छ । हटिया प्रवेश गर्ने सबैलाई बाटोमा रोकेर निषेधित क्षेत्र घोषणा गरिएको हो । जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ५ सय २४ पुगेको छ ।

प्रकाशित : श्रावण १८, २०७७ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?