कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

रौतहटमा १ हजार ३२२ संक्रमित निको भए

शिव पुरी

रौतहट — कोरोना संक्रमितहरु निको भएर धमाधम घर जान थालेपछि जिल्लाका आइसोलेसन वार्डहरु खाली हुँदै गएका छन् ।  एक हजार बढी संक्रमित रहेका रौतहटमा अहिले ६ जना मात्र आइसोलेसनमा छन् ।

रौतहटमा १ हजार ३२२ संक्रमित निको भए

जेठको पहिलो सातासम्म जिल्लाका आइसोलेसनहरुमा १ हजार ३ सय २८ संक्रमित थिए । हाल ६ जना मात्रै उपचार गराइरहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था समान्य छ ।

संक्रमितको संख्या एकै पटक बढेपछि आइसोलेसनको अभावका कारण राजपुर र ईशनाथ नगरपालिकाले संक्रमितहरुलाई क्‍वारेन्टाइनमै राखेका थिए । अहिले बिरामीहरु धमाधम कोरोना जितेर घर फर्किसकेको प्रमुख जिल्ला अधिकारी बसुदेव घिमिरेले सुनाए । ‘अहिले नै ढुक्क हुने अवस्था छैन,’ उनले भने, ‘अहिले ६ जना मात्र संक्रमति रहे पनि समुदायमा फैलियो भने संख्या बढ्न सक्छ । त्यसैले सबै सजग हुनु जरुरी छ ।’

उनले ‘हटस्पट’ को रुपमा चिनिएको जिल्लामा संक्रमतिहरु कुनै समस्या बिना घर फर्कनु सुःखद भएको सुनाए । जिल्ला प्रशासनको तथ्यांक अनुसार शनिबारसम्ममा १ हजार ३ सय २८ जनामा संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये १ हजार ३ सय २२ जना कोरोना जितेर घर फर्किसकेका छन् ।

प्रकाशित : श्रावण १७, २०७७ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?