३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

वीरगन्जको कोरोना अस्पतालबाट २० जना डिस्चार्ज

भूषण यादव

वीरगन्ज — नारायणी अस्थायी कोरोना अस्पतालबाट संक्रमण निको भएर २० जना डिस्चार्ज भएका छन् । अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार बिहीबार दुई जना र शुक्रबार १८ जना गरी २० जना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् । 

वीरगन्जको कोरोना अस्पतालबाट २० जना डिस्चार्ज

पछिल्लो दुई पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । डा. सिंहका अनुसार निको भएर डिस्चार्ज हुनेमा वीरगन्ज महानगरपालिका– ५ जेल रोड निवासी ४७ वर्षीय जोगिन्द्र महतो पनि छन्, जो निमोनियाका बिरामी पनि थिए । ‘१० दिनसम्म चलेको उपचारपछि महतो निको भएका छन्,’ डा. सिंहले भने, ‘कोरोना नेगेटिभ भएपछि शुक्रबार डिस्चार्ज भएका छन् ।’

डिस्चार्ज हुने २० जनामध्ये ३ जना महिला रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित : श्रावण १६, २०७७ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?