प्रदेश २ सरकारद्वारा कोरोना नियन्त्रणका लागि थप ७ करोड निकासा

सन्तोष सिंह

जनकपुरधाम — प्रदेश–२ मा कोरोना महामारी त्रास बढ्न थाले पछि महामारी नियन्त्रणको लागि प्रदेश सरकारले थप सात करोड निकासा गरेको छ । 

प्रदेश २ सरकारद्वारा कोरोना नियन्त्रणका लागि थप ७ करोड निकासा

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले कोभिड अस्पताल निर्माण तथा हाल सञ्चालनमा रहेका आइसोलेसनहरुको थप व्यवस्थापन, बिरामीहरुको खाना खाजा, बेड संख्यामा वृद्धि आदि कार्यका लागि सात करोड निकासा गरेको हो ।


बिहीबारको निर्णय अनुसार बाराको सिमरामा कोभिड अस्पताल निर्माणको लागि १ करोड ७५ लाख, पर्सामा कोभिड अस्पतालको निर्माण एवं शव वाहन तथा एम्बुलेन्स खरिदको लागि १ करोड ५० लाख, रौतहट, सप्तरी र सर्लाहीमा आइसोलेशन व्यवस्थापनका लागि ७५/७५ लाख तथा धनुषा, महोत्तरी र सिरहाको लागि ५०/५० लाख निकासा गरिएको छ ।


आवश्यकताको आधारमा जिल्लाहरुबाट माग भए बमोजिम थप रकम व्यवस्थापन गरिने मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण १५, २०७७ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?