महोत्तरीमा शव व्यवस्थापनमा खटेका १० सेनामा कोरोना संक्रमण

सुनिता बराल

महोत्तरी — महोत्तरीमा १० नेपाली सैनिकसहित बुधबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जलेश्वर नगरपालिकाको परिकौलीस्थित सेनाको रणभीम गणका १० सैनिक जवान, मनरासिस्वा नगरपालिका ९ का १ पुरुष, बलावा नगरपालिका र एकडारा गाउँपालिकाका २ पुरुषमा संक्रमम पुष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्र झाले जानकारी दिए ।

महोत्तरीमा शव व्यवस्थापनमा खटेका १० सेनामा कोरोना संक्रमण

साउन ७ गते कोरोना संक्रमणबाट मृत्यु भएका महोत्तरी गाउँपालिका ३ मडहीका ६० वर्षीय पुरुषको शव व्यवस्थापनमा खटेका सेनामा संक्रमण देखिएको रणभीम गणका गणपति विदुर अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार उनीहरु शव व्यवस्थापन गरेपछि गणभित्रै सुरक्षित क्वारेन्टाइनमा बस्दै आएका थिए । फोकलपर्सन झाका अनुसार संक्रमित सबैलाई आइसोलेसनमा राखिइसकेको छ । संक्रमित १० जना सेनालाई मध्यपूर्वी पृतनाको आइसोलेसनमा पठाइएको गणपति अधिकारीले बताए ।

यससँगै जिल्लामा संक्रमितको संख्या ८ सय ५९ पुगेको स्वास्थ्य कार्यालय महोत्तरीले नजाएको छ ।

प्रकाशित : श्रावण १४, २०७७ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?