कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सप्तरीका थप १५ जनामा कोराेना संक्रमण

अवधेशकुमार झा

राजविराज — सप्तरीमा सोमबार साँझ थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार बलान बिहुल गाउँपालिकामा ७ जना, तिलाठी कोईलाडी गाउँपालिकामा ६ जना र राजविराज नगरपालिकामा २ जना गरी १५ जना नयाँ संक्रमित फेला परेका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय ६२ पुगेको छ । 

सप्तरीका थप १५ जनामा कोराेना संक्रमण

३ सय १२ जना निको भएर घर फर्किइसकेका छन् भने एक जनाको मृत्यु भएको थियो । सोमबार तिलाठी कोईलाडीमा भेटिएका संक्रमित यसअघि संक्रमित रहेकाको सम्पर्कमा रहेकाहरु रहेको यादवले बताए ।

तीन दिनअघि तिलाठी कोईलाडी गाउँपालिका–२ लौनियाका एक जना विष सेवनवाट सिकिस्त भइ अस्पताल भर्ना भएका उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो । उनको सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा नयाँ संक्रमित फेला परेका हुन् ।

प्रकाशित : श्रावण १२, २०७७ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?