कोरोना रोकथाम र नियन्त्रणका लागि सप्तरीमा थप एक करोड

अवधेशकुमार झा

राजविराज — कोरोना संक्रमण ‘समुदाय’मा फैलिएपछि त्यसको नियन्त्रण र रोकथामका लागि प्रदेश २ सरकारले सप्तरी जिल्लामा थप एक करोड रुपैयाँ सहयोग गरेको छ । पछिल्लो समय राजविराजमा कोरोनाको संक्रमितको संख्या बढेपछि लकडाउन गरिएको छ । 

कोरोना रोकथाम र नियन्त्रणका लागि सप्तरीमा थप एक करोड

जिल्लाको अवस्थावारे जानकारी लिन सोमबार राजविराज आइपुगेका मुख्यमन्त्री लालबाबु राउतले तत्कालका लागि अस्पताल, स्वास्थ्य कार्यालय लगायत कोरोना रोकथाम र नियन्त्रणमा लागेका कार्यालयहरुलाई प्रदेश सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने बताए ।

उनले आवश्यकता अनुसारको उपकरण र रकमसमेत प्रदेश सरकारले दिने प्रतिबद्धता व्यक्त गरे । प्रदेशमा संक्रमित बढदै गएकाले भेन्टिलेटरको व्यवस्था गर्न प्रदेश सरकार लागि परेको बताउँदै मुख्यमन्त्री राउतले पीसीआर परीक्षणको दायरा थप बढाउनका लागि राजविराज, जनकपुर र वीरगन्जमा थप एक/एक वटा पीसीआर मेसिन खरिद गर्ने प्रदेश सरकारले निर्णय गरेको बताए ।

‘पैसाको कमीका कारण कोरोना नियन्त्रण तथा रोकथाममा कुनै समस्या पर्न दिन्न’ राजविराज नगरपालिकामा आयोजित अन्तरक्रियाका मुख्यमन्त्री राउतले भने, ‘जनताको जीवनरक्षा प्रदेश सरकारको पहिलो दायित्व हो ।’

प्रकाशित : श्रावण १२, २०७७ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?