कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सप्तरीमा न्यायाधीशदेखि सरकारी वकिलसम्मलाई कोरोना संक्रमण

अवधेशकुमार झा

राजविराज — सप्तरीमा उच्च अदालत जनकपुरको राजविराज इजलासका एक जना न्यायाधीश र नगर प्रहरीमा कार्यरत जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार आइतबार जिल्लामा ७ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये एक न्यायाधीश, एक प्रहरी जवान र पाँच जना तिरहुत गाउँपालिकाका रहेका छन् । 

सप्तरीमा न्यायाधीशदेखि सरकारी वकिलसम्मलाई कोरोना संक्रमण

संक्रमित भएका प्रहरी जवान नगर प्रहरीमा कार्यरत हुन् । सप्तरीमा हालसम्म ५ प्रहरी कोरोना संक्रमित भइसकेका छन् । नगर प्रहरी कार्यालय साउन १ गते मृत्यु भएका राजविराज ६ का एक वृद्ध व्यापारीकै घर अगाडि रहेको छ ।

जिल्ला स्वास्थ्य प्रमुख यादवले न्यायाधीशलाई उच्च सरकारी वकिल कार्यालयबाट सम्पर्क भई कोरोना संक्रमित भएको हुन सक्ने बताए । तीन दिनअघि मात्र उच्च सरकारी वकिल कार्यालय राजविराजका प्रमुखमा समेत कोरोना संक्रण पुष्टि भएको यादवले जनाए । उनलाई संक्रमण कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको यादवले बताए । सरकारी वकिलमा पनि कोरोना संक्रमण पुष्टि भएपछि वकिल कार्यालय र अदालतमा न्यायाधीश र कर्मचारीको स्वाब संकलन गरिएको थियो ।

कोरोना संक्रमणबाट एकको मृत्यु भएपश्चात् राजविराजमा बुधबारबाट लगाइएको पूर्ण लकडाउन र स्थानीय प्रशासनले बिहीबारबाट लगाएको निषेधाज्ञा आइतबारसम्म पनि जारी छ ।

प्रकाशित : श्रावण ११, २०७७ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?