१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

चन्दा मागेको आरोपमा दुई पक्राउ

शिव पुरी

रौतहट — फोनबाट चन्दा माग्‍ने र नदिएको खण्डमा अपहरण गरी ज्यान मार्ने धम्की दिँदै आएको आरोपमा रौतहट प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

चन्दा मागेको आरोपमा दुई पक्राउ

रौतहट र सर्लाहीका उद्यमी, व्यापारी, शिक्षकलाई धम्क्याउँदै चन्दा मागेको आरोपमा इलाका प्रहरी गरुडाले गढीमाई नगरपालिका-३ गमहरियाका जयकिशुन ठाकुर र सर्लाही धनकौल गाउँपालिका-७ बैरियाका २८ वर्षीय मुकेश यादवलाई पक्राउ गरेको हो ।

‘विभिन्‍न व्यक्तिसँग चन्दा माग्‍ने र नदिएपछि हत्या गर्ने धम्की दिँदै आएपछि निगरानी बढाएका थियौं,’ गरुडाका डीएसपी ज्ञानकुमार महतोले भने,‘चन्दाको रकम लिन आउने बेला दुवै पक्राउ परे ।’

सर्लाही रामनगर गाउँपालिका २ धनकौल मावि छौटौलका प्रधानाध्यापक अशोक साहसँग उनीहरुले फोनमार्फत धम्की दिँदै ६ लाख मागेको प्रहरीको भनाइ छ ।

दुवैले यसअघि सर्लाही बरहथवा बजारका ग्याास डिलर तथा जग्गा कारोबारी रामदेव यादवलाई पनि धम्क्याउँदै १५ लाख रुपैयाँ मागेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उनीहरुको साथ मोटरसाइकल,४ थान सिमकार्ड पनि बरामद गरेको छ । पक्राउ परेका ठाकुर चन्द्रपुर १० बाल्चनपुर चोकमा ग्रील उद्योग सञ्चालन गर्दै आएका थिए । यादव बाल्चनपुर चोकमै एक पोलिक्लिनिकमा काम गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित : श्रावण ८, २०७७ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?