घूस रकमसहित मेयरका छोरा पक्राउ

अवधेशकुमार झा

राजविराज — पाँच लाख रुपैयाँ घूस लिँदै गर्दा सिरहाको कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलका छोरा सन्त मण्डलसहित दुई जनालाई अख्तियारको टोलीले बुधबार पक्राउ गरेको छ ।

घूस रकमसहित मेयरका छोरा पक्राउ

डीपीआर समबन्धी भुक्तानीका लागि मेयर मण्डलले मागेको ५ लाख रुपैयाँ घूसको रकम बुझ्‍न आएको बेला लहान नगरपालिका २२ स्थित राजदेवी चौकबाट उनका छोरा सन्त मण्डल र उनीसँगै आएका जितेन्द्र महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्याल्यबाट आएको टोलीले बुधबार दिउँसो नियन्त्रणमा लिएको हो ।

दुवैजनालाई थप अनुसन्धानका लागि अख्तियारको बर्दिवासस्थित कार्यालय लगिएको छ । मंगलबार अख्तियारको इटहरी कार्यालयको टोलीले सप्तरी मालपोत कार्यालयका नायब सुब्बा कृष्णबल्लभ ठाकुरलाई १३ हजार घूस लिएको आरोपमा पक्राउ गरेको थियो ।

प्रकाशित : असार ३१, २०७७ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?