कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

तीन दिनदेखि बेपत्ता पुरुष मृत फेला

अवधेशकुमार झा

राजविराज — सोमबार साँझदेखि सम्पर्कविहीन सप्तरी शम्भुनाथ नगरपालिका ३ का ४५ वर्षीय त्रिभुवन राम मृत फेला परेका छन् । 

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार, रामको शव सोही गाउँपालिकाको वडा नम्बर ४ स्थित मुतनी खोलामा बुधबार फेला परेको हो । उनी २९ गते साँझ घरबाट निस्केपछि नफर्किएकाले परिवारले असार ३० गते प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए । एकान्त धानखेत नजिक नदीमा भेटिएको शवको निधारमा चोट समेत देखिएको प्रहरी निरीक्षक खड्काले बताए । ‘घटना रहस्यपूर्ण छ’, उनले भने, ‘सुक्ष्मरुपमा अनुसन्धान भइरहेको छ ।’

रामकी श्रीमती घुरनीदेवी पतिको हत्या भएको आरोप लगाएकी छन् । शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ ।

प्रकाशित : असार ३१, २०७७ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?