प्रदेश २ मा मन्त्रीस्तरीय विपद अनुगमन व्यवस्थापन समिति गठन

सन्तोष सिंह

जनकपुरधाम — प्रदेश २ सरकारले बाढी पहिरोबाट भएका क्षतिको अगुमन र पीडितलाई राहत व्यवस्थापनका लागि मन्त्री स्तरीय विपद अनुगमन व्यवस्थापन समिति गठन गरेको छ ।

प्रदेश २ मा मन्त्रीस्तरीय विपद अनुगमन व्यवस्थापन समिति गठन

मन्त्रिपरिषद्को मंगलबार सम्पन्‍न बैठकले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव र उद्योग,वन,पर्यटन तथा संस्कृति मन्त्री राम नरेश राय सदस्य रहने गरि तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिलाई हालै प्रदेशको आठवटै जिल्लमा आएको बाढीबाट भएको क्षतिहरुको स्थलगत निरीक्षण र अनुगमन गरि पीडितलाई उपलब्ध गराउनुपर्ने राहत तथा अन्य मर्मत सम्भारका कार्यहरुको सिफारिस प्रदेश सरकारलाई सिफारिस गर्ने जिम्मेवारी दिइएको छ ।

समितिले गरेको सिफारिसको आधारमा प्रदेश सरकारले पीडित परिवारहरुलाई राहत उपलब्ध गराउने छ ।

प्रकाशित : असार ३०, २०७७ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?