कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

खाँडो र जिताको बाढीले ९० घर डुबानमा

अवधेशकुमार झा

राजविराज — खाँडो खोलाको बाढी बस्तीतर्फ पस्दा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–१ को बेल्ही टोलका ५० घर डुबानमा परेको छ । ती घरहरुमा दुईफिटसम्म पानी जमेको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए । 

खाँडो र जिताको बाढीले ९० घर डुबानमा

पानी पसेका घरमा सर्वसाधारण घरभित्रै खाटमा आश्रय लिएर बसेका छन् । खाडोको तटबन्धपूर्ण रुपमा निर्माण हुन नसक्दा तिलाठी कोईलाडी–१ को बेल्ही बस्ती हरेक वर्ष डुबानमा पर्दै आएको छ । खाँडो नदीकै बाढीका कारण बेल्ही भन्सार बजारसमेत डुबानमा परेको छ । सो ठाउँमा रहेको भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकीसमेत डुबानमा परेको छ । राजविराज तिलाठी सडकखण्डलाईसमेत दुई ठाउँमा बाढीले क्षति पुर्‍याएको छ ।

भन्सार बजारको पसलहरु डुबानमा पर्दा स्थानीय व्यापारीहरुको लाखौंको क्षति भएको छ । यसैबीच खाडो खोलामा दुईदिनयता शवहरु बग्न थालेपछि स्थानिय त्रसित भएका छन् भने दुर्गन्ध फैलिने गरेको लौनियाका गजेन्द्र मण्डलले बताए । ती शवहरु कहाँवाट आए भन्ने खुल्न सकेको छैन् । खाडोको बाढीले सयौं बिघामा लगाइएको धानबालीसमेत डुबानमा परेको छ ।

यस्तै जिता नदीको बाढीका कारण तिलाठी कोईलाडी गाउँपालिका–४ र ५ का ४० घर डुबानमा परेको विपद् व्यवस्थापन अधिकृत झाले जानकारी दिए ।

प्रकाशित : असार २९, २०७७ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?