१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रदेश २ सरकारको बजेट बहुमतले पारित 

सन्तोष सिंह

जनकपुर — आगामी वर्षका लागि प्रदेश २ सरकारले ल्याएको बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ । आइतबार प्रदेश सभामा मत विभाजन गर्दा आर्थिक वर्ष २०७७/७८ का लागि ल्याइएको बजेटको पक्षमा बहुमत प्राप्त भएको हो ।

प्रदेश २ सरकारको बजेट बहुमतले पारित 

मतदानमा ८० जना सांसद सहभागी भएका थिए । प्रदेशसभामा उपस्थित ७४ र अनलाइन (जुम)मा उपस्थित भएका ६ जना गरी ८० जनामध्ये ४८ जना सांसदले विनियोजन विधेयकको पक्षमा मतदान गरेका थिए । मतविभाजन प्रक्रियामा पक्ष र विपक्षमा उपस्थित सांसदहरुलाई उभिन लगाएका थिए । प्रदेशसभा २ मा १ सय ७ सांसद छन् ।

मन्त्रालयगत छलफल सकिएपछि आर्थिक मामिला तथा येजनामन्त्री विजय यादवले प्रस्ताव गरेको विनयोजन विधेयक पारित गर्ने प्रस्ताव प्रदेशसभाका सभामुख सरोज यादवले निर्णयार्थ प्रस्तुत गरेका थिए । त्यसक्रममा प्रमुख प्रतिपक्ष नेकपा सांसद सुन्दर विश्वकर्माले असहमति जनाउँदै मत विभाजनको माग गरेका थिए । विपक्षीले मत विभाजनको माग गरेपछि प्रदेशसभामा उपस्थित र अनलाइन माध्यमबाट सांसदहरु सहभागी भएका थिए ।

प्रकाशित : असार २८, २०७७ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?