कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बाढीमा सतर्कता अपनाउन मुख्यमन्त्रीको निर्देशन

जनकपुर — लगातारको वर्षाले बाढीको जोखिम रहेको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायका सबै अंगलाई उच्च सतर्कतामा बस्न निर्देशन दिएका छन् । सुरक्षा अंगका सबै निकायलाई शुक्रबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा डाकेर मुख्यमन्त्री राउतले ‘स्ट्यान्ड बाइ’ रहन निर्देशन दिएका हुन् । 

बाढीमा सतर्कता अपनाउन मुख्यमन्त्रीको निर्देशन

विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेशको आठवटै जिल्ला बाढीको उच्च जोखिममा रहेको हुँदा जोखिम न्यूनिकरणलाई तयारी अवस्थामा बस्न निर्देशन दिए । ‘गत वर्ष पनि बाढी र डुबानले प्रदेश २ मा निकै क्षति पुर्‍यायो,’ मुख्यमन्त्री राउतले सुरक्षा निकायका प्रमुखहरुसित भने, ‘पानी लगातार परिरहेको छ । जुनसुकै बेला काबू बाहिरको अवस्था आउन सक्छ । त्यसलाई रोक्न सुरक्षा अंग नै अग्रिम मोर्चामा रहनुपर्छ ।’

बाढी र डुबानको जोखिम न्यूनिकरणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सुरक्षा निकायहरुले गरेको तयारीबारे जानकारी लिँदै मुख्यमन्त्री राउतले बाढीबाट जनधनको क्षति न्यून गर्न र जोमिख क्षेत्रमा थप सतर्कता अपाउन आग्रह गरे । मुख्यमन्त्री राउतले बाढी र डुबानको जोखिम कम गर्न आवश्यक समाग्री तत्कालै उलपब्ध गराउन सम्बन्धित मन्त्रीहरु निर्देशन दिए ।

बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

प्रकाशित : असार २६, २०७७ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?