जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्य सेवा ठप्प

सुनिता बराल

महोत्तरी — महोत्तरीको सम्सी गाउँपालिकाभित्र काम गर्ने स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्य सेवा ठप्प बनाएका छन् । कोरोना भाइरस(कोभिड–१९) को प्रभाव जिल्लामै सबैभन्दा बढी परेको सम्सीमा अहिले एक हप्तादेखि सबै स्वास्थ्य सेवा ठप्प भएको छ ।

जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्य सेवा ठप्प

कोरोनाको माहामारीका बस्च जोखिम मोलेर काम गरेको ४ महिना बित्दासम्म भत्ता नपाएको भन्दै आन्दोलनमा गर्नुपरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्लामा ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा सम्सी गाउँपालिकामा मात्रै २ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ । तत्काल भत्ता उपलब्ध गराउनुपर्ने मागसहित आन्दोलनस्वरुप गाउँपालिका र स्वास्थ्य संस्थामा तालाबन्दी गरेको सम्सी स्वास्थ्य चौकीका प्रमुख रविन मण्डलले बताए ।

असार १४ गतेबाटै गाउँपालिकाभित्र प्रसूति सेवा, इमर्जेन्सी सेवालगायत सबै स्वास्थ्य सेवा बन्द छ । एक हप्तादेखि स्वास्थ्य सेवा ठप्प हुँदा सम्सीमा दैनिक स्वास्थ्यचौकीमा पुग्ने ४ सय बिरामीले समस्या भोगिरहेका छन् । प्रमुख जिल्ला अधिकारीलाई समेत पत्र बुझाएको र ३ दिनसम्म धर्नामा बस्दा समेत पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले पैसा छैन भन्दै आफूहरुको माग सुनुवाइ नगरेपछि गाउँपालिकामा समेत तालाबन्दी गरेको पर्सा देवार्ड स्वास्थ्य चौकीका प्रमुख सुखचन्द्र यादवले बताए ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले स्वास्थ्यकर्मीले थप सुविधा माग गर्नु जायज भएको तर स्वास्थ्य सेवा ठप्प बनाउनु गलत भएको बताए । तलब सुविधा पाहिरहेका स्वास्थ्यकर्मीले भत्ता नपाएको भन्दै स्वास्थ्य सेवा ठप्प बनाउँदा आम मानिसले पाउनुपर्ने सेवाबाट वञ्चित भएकाले तत्काल स्वास्थ्यकर्मी काममा फर्किनुपर्ने कटुवाल बताउँछन् । स्वास्थ्य सेवा नै ठप्प बनाएर आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी तत्काल काममा नफर्किए कारबाही गर्ने कटुवालले बताए ।

प्रकाशित : असार २२, २०७७ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?