कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

बालिकाको बलात्कारपछि हत्या आरोपमा भारतीय पक्राउ

सन्तोष सिंह

जनकपुर — जनकपुरमा बालिकाको बलात्कारपछि हत्या आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले आइतबार भारत, उत्तर प्रदेशका ३२ वर्षीय दिपु सिंहलाई पक्राउ गरेको हो ।

बालिकाको बलात्कारपछि हत्या आरोपमा भारतीय पक्राउ

भैंसी चराउन गएकी जनकपुरधाम उपमहानगर–२१ कुर्थाकी ११ वर्षीया कञ्चन पंजियारको अर्धनग्न अवस्थामा गत शुक्रबार शव भेटिएको थियो । सिंहमाथि आँप दिने लोभ देखाएर बालिकाको बलात्कारपछि हत्या गरेको आरोप छ । उनी घटनास्थलनजिकैको मिश्र इन्डस्ट्रिजमा ५ महिनादेखि काम गर्दै आएका थिए ।

प्रहरीका अनुसार सिंहले बालिकाको हत्यापछि शव ब्ल्यांकेटमा बेरेर दूधमती नदी किनारको झाडीमा लुकाएको खुलेको छ । सिंहलाई जिल्ला प्रहरी कार्यालयले सोमबार सार्वजनिक गरेको हो ।

जिल्ला अदालतबाट म्याद थप गराएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए । ‘बुधबार दिउँसो बालिकालाई आँपको प्रलोभनमा पारेर बलात्कार गरेलगत्तै हत्या भएको देखिन्छ,’ उनले भने, ‘बालिकाको शव पोस्टमार्टम, घटनास्थलको चहलपहल, सीसीटीभी क्यामेराको फुटेज र आरोपितको हर्कतका आधारमा अनुसन्धानपछि पक्राउ गरिएको हो ।’ घटनामा २० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर अनुसन्धानपछि छोडिएको प्रहरीले जनाएको छ ।

भैंसी चराउन गएकी कञ्चन राति अबेरसम्म घर नआएपछि खोजी गरेको परिवारले बिहीबार प्रहरीमा उजुरी दिएको थियो । शुक्रबार धान रोप्न गएकाहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित : असार २२, २०७७ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?