कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जनकपुरमा अर्धनग्न अवस्थामा मृत भेटिइन् बालिका

सन्तोष सिंह

धनुषा — जनकपुरधाम उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता एक बालिका मृत अवस्थामा फेला परेकी छन् । जनकपुरधाम–२१ कुर्थाकी ११ वर्षीया बालिकाको शुक्रबार शव भेटिएको हो ।

जनकपुरमा अर्धनग्न अवस्थामा मृत भेटिइन् बालिका

बालिकाको शव घरभन्दा एक किलोमिटर परको दूधमती नदीमा अर्धनग्न अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । उनका अनुसार शव पोस्टमार्टमका लागि अस्पताल लगिँदै छ ।

बुधबारदेखि हराएकी बालिकाको बलात्कारपछि हत्या भएको स्थानीयको भनाइ छ । बालिका हराएको सूचना प्रहरीलाई बुधबार नै आएको प्रहरी उपरीक्षक कार्कीले बताए । परिवारका अनुसार बुधबार दिउँसो ११ बजे भैंसी चराउन गएकी कञ्चन बेपत्ता भएकी थिइन् ।

प्रकाशित : असार १९, २०७७ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?