बर्थिङ सेन्टर निर्माण विषयमा धनुषामा झडप, प्रहरीले गर्‍यो हवाई फायर

सन्तोष सिंह

धनुषा — धनुषाको विदेह नगरपालिकामा बर्थिङ सेन्टर निर्माणकाे विषयमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ । विदेह नगरपालिका–२ दुहबीस्थित स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर निर्माण विषयमा झडप भएपछि प्रहरीले २ राउण्ड हवाई फायर गरेको हो ।

बर्थिङ सेन्टर निर्माण विषयमा धनुषामा झडप, प्रहरीले गर्‍यो हवाई फायर

दुहबी र गोबराहीको स्थानीयबीच झडप हुँदा प्रहरीले स्थिति नियन्त्रण गर्न हवाई फायर गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए । बर्थिङ सेन्टर बनाउने विषयमा २ दिनदेखि विवाद हुँदै आएको र शुक्रबार बिहान दुई पक्षबीच झडप भएको प्रहरले जनाएको छ ।

भीड तितरबितर बनाउन प्रहरी पुगेपछि दुहबी सिमा प्रहरी चौकीमा समेत स्थानीयले ढुंगामुढा गरेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

बर्थिङ सेन्टर निर्माणको विषयमा झडप हुँदा २ जना घाइते भएको र उपचारका लागि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । दुहबी र गोबराहीका स्थानीय एक अर्कामाथि आक्रमण गर्न थालेपछि घटना स्थलमा जिल्ला प्रहरीको टोली पठाइएको छ ।

शुक्रबार बिहानैदेखि सिमावर्ती दुहबी गोबराही तनावग्रस्त बनेको छ ।

प्रकाशित : असार १९, २०७७ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?