बारामा डोजरमा आगजनी

बारा — प्रसौनी गाउँपालिका–६ बेलहिया गाउँमा पार्किङमा राखिएको डोजरमा बुधबार राति अज्ञात व्यक्तिले आगजनी गरेका छन् । आगलागीबाट डोजरको अधिकांश भाग जलेको छ । 

गाउँ छेउमै रहेको बंगरी खोलाले बस्ती र जमिन कटान गर्न थालेपछि बाढी आउनुअघि नै डोजर खोला नियन्त्रणमा प्रयोग हुँदै आएको थियो । त्यसै क्रममा पार्किङ गरी राखिएको डोजरमा मध्य रातिमा आगजनी गरिएको वडाध्यक्ष बृजकिशोर कुसवाहाले बताए । विकासविरोधी समूहले राजनीतिक प्रतिशोध साध्न र नेतृत्वलाई बदनाम गराउन डोजर जलाएको उनले बताए ।

घटनाबारे सोधपुछका लागि दुई स्थानीयलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए । ‘घटना शंकास्पद छ,’ उनले भने, ‘गाडी कसैले जलाएको हो कि आफैं जलेको हो भन्ने बुझ्दैछु ।’


प्रकाशित : असार १८, २०७७ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?