कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनकपुरमा दलित संघर्ष समितिको प्रदर्शनमा प्रहरीको हवाई फायर

सन्तोष सिंह

धनुषा — जनकपुरमा दलित संघर्ष समितिले न्याय माग गर्दै निकालेको प्रदर्शनमा प्रहरीले हवाई फायर गरेको छ । धनुषामा आइसोलेसनमा उपचार अभावमा मृत्यु भएका किशोर राजु सदा र प्रहरी हिरासतमा मृत्यु भएका शम्भु सदाको लागि न्याय माग्दै जनकपुरमा भएको प्रदर्शनमा प्रहरीले हवाई फायर गरेको हो ।

दलित संघर्ष समितिले मृतक परिवारलाई रोजगारी, आइसोलेसनमा र प्रहरी हिरासतमा मृत्यु भएको घटनामा दोषिलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए ।

पिडारी चोकबाट सुरु भएको प्रदर्शन मधेस भवन अगाडि पुगेपछि प्रहरीले भीड तितरबितर पार्न केही राउन्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको हो । मधेस भवनमा रहेको मुख्यमन्त्री कार्यालय अगाडि हुँदै जिल्ला प्रशान अगाडि प्रदर्शन गर्दै जनक चोकमा आएर कोण सभा गर्ने कार्यक्रम दलित संघर्ष समितिले सार्वजनक गरेको थियो । प्रदर्शनकारी मुख्यमन्त्री कार्यालयम प्रवेश गर्न खोज्दा अश्रुग्यास प्रहार र हवाई फायर गरेको प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीहरु मुख्यमन्त्री कार्यालयमा प्रवेश गरी तोडफोड गर्न खोजेका थिए । आरडीटी रिपोर्ट पोजेटिभ आएपछि जेठ २९ गते प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा भर्ना भएका धनुषाको हंशपुर नगरपालिका–७ प्रसाहीका १६ वर्षीय किशोर राजु सदाको असार ९ गते प्रादेशिक अस्पताल जनकपुरको आइसोलसनमा मृत्यु भएको थियो । पछि राजुलाई झाडापखालासमेत लागेपछि कोरोना भन्दै चिकित्सकहरु उनको उपचारमा खटिएनन् । मृत्युपछि उनमा कोरोना नरहेको पुष्टि भएको थियो ।

यसअघि सवारी दुर्घटना मुद्दामा इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा रहेका शम्भु सदाको र भारतबाट फर्केर आएका मलार सदाको सिमामा भोकले मृत्यु भएको थियो ।

प्रहरीले प्रदर्शनबाट क्षेत्रबाट एक जना पत्रकारलाईसमेत नियन्त्रणमा लिएको छ ।

प्रकाशित : असार १८, २०७७ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्

मोटरसाइकलसहित सेती नदीमा खसेकाकाे खोजी जारी

वसन्तप्रताप सिंह

बझाङ — मोटरसाइकलसहित एकजना मानिस सेती नदीमा खसेका छन् । छबिसपाथिभेरा गाउँपालिका–१ को किनाल्ना भिरबाट खसेका उनको खोजी भइरहेको छ । 

मोटरसाइकल खसेको आशंका गरिएको स्थानको गुगल तस्बिर ।

गत राति जयपृथ्वी राजमार्ग अन्तर्गत भाँडेबजार र मौरीबगरको बीच भागमा रहेको भीरबाट ३२ वर्षीय प्रतापसिंह कुलमगर मोटरसाइकलसहित नदीमा खसेकाे प्रहरीको अनुमान छ । राति ११ बजेतिर दुर्गाथलीबाट चैनपुर आउने क्रममा उनी डौठेल्ना घुम्तीबाट मोटरसाइकलसहित सेती नदीमा खसेको डीएसपी गणेश बमले बताए । रोल्पा जिल्लाको लुडारी गाउँपालिका ७ का कुलमगर बझाङमा निर्माण सम्बन्धी काम गर्दै आएका थिए ।

उनको मोटरसाइकल खस्दा नदी पारीपट्टी रहेको थलारा गाउँपालिका राउलीका बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मोटरसाइकल खसेको भनिएको भीरको ५० मिटरजति तल उनको चप्पल, मोबाइल र केही पैसा भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बिहीबार दिनभर बेपत्ता भएका कुलमगरको खोजीमा स्थानीय, आफन्त र प्रहरी खटिए पनि मोटरसाइकल र बेपत्ता कुलमगर नभेटिएको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । सेती नदीको बहाब बढी भएकाले उनको खोजीमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १८, २०७७ १६:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×