बारामा चट्याङ लागेर ४ जनाको मृत्यु, ७ घाइते

लक्ष्मी साह

बारा — वर्षासँगै बिहीबार बिहान परेको चट्याङले बारामा ४ जनाको मृत्यु भएको छ । त्यस्तै चट्याङ लागेर ७ जना घाइते भएका छन् ।

बारामा चट्याङ लागेर ४ जनाको मृत्यु, ७ घाइते

कलैया उपमहानगरपालिका–१२ सितलपुर धान रोप्दै गर्दा ३५ वर्षीया आशादेवी महतो कोइरी र ४५ वर्षीया हालिमा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए । मृतकहरुको शव कलैया अस्पतालमा राखिएको छ ।

यसैगरी फेटा गाउँपालिका–१ त्रिवेणी गाउँमा पनि चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । चट्याङ लागेर ४५ वर्षीया सेन्धुदेवी महतो कोइरी र ५० वर्षीया सुनरपतिदेवी महतो कोइरीको मृत्यु भएको वडाध्यक्ष जयप्रकाश दासले जानकारी दिए । घाइतेहरुलाई भने वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको वडाध्यक्ष दासले बताए ।

प्रकाशित : असार १८, २०७७ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?