कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोरोना निको भएर वीरगन्जमा थप २१ जना डिस्चार्ज

भूषण यादव

वीरगन्ज — कोरोना संक्रमणमुक्त भई आइतबार वीरगन्जको गण्डकस्थित नारायणी अस्थायी कोभिड अस्पतालबाट २१ जना डिस्चार्ज भएका छन् ।

कोरोना निको भएर वीरगन्जमा थप २१ जना डिस्चार्ज

डिस्चार्ज हुनेमा पर्साको बिन्दवासनी गाउँपालिकाका १०, पोखरिया नगरपालिकाका ५ जना, पटेर्वासुगौली गाउँपालिकाका दुई जना, धोबनी/जिराभवानी, सुखवाप्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिकाका एक/एक जना छन् । तीन महिलासहित २० देखि ५६ वर्ष उमेरसमूहका २१ जना कोरोनामुक्त भई डिस्चार्ज भएको अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले जनाए ।

‘पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको हो,’ उनले भने । स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरका अनुसार कोरोना निको भई डिस्चार्ज हुने २१ मध्ये ११ जनामा गत जेठ ३२ र १० जनामा असार १ गते संक्रमण पुष्टि भएपछि अस्पताल ल्याइएको थियो । अस्थायी कोभिड अस्पतालमा अब ६ जना संक्रमित छन् ।

प्रकाशित : असार १४, २०७७ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?