२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

नागरिकता विधेयकको विरोधमा राजविराजमा मसाल जुलुस प्रदर्शन

अवधेशकुमार झा

राजविराज — नागरिकता विधेयक खारेजीको माग गर्दै नेपाल विद्यार्थी संघले बिहीबार साँझ राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ । कांग्रेस पार्टी कार्यालय अगाडिबाट निस्केको जुलुस राजविराजका विभिन्न भाग परिक्रमा गरेको थियो । सहभागीहरुले नागरिकता विधेयक खारेजी, पीसीआर परीक्षणको दायरा बढाउनुपर्नेजस्ता नारा लगाएका थिए ।

नागरिकता विधेयकको विरोधमा राजविराजमा मसाल जुलुस प्रदर्शन

स्थानीय नेता चोकमा प्रहरीले मसाल खोस्न थालेपछि केहीबेर घम्साघम्सी भएको थियो ।

नागरिकता विधेयक खारेज नभएसम्म दैनिक रुपमा आन्दोलन जारी राख्ने नेपाल विद्यार्थी संघ सप्तरीका अध्यक्ष घनानन्द यादवले बताए ।

प्रकाशित : असार ११, २०७७ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?